२०८३ बैशाख १३, आइतवार

सुनको भाउले बनायो नयाँ रेकर्ड, हालसम्मकै उच्च

साताको पाँचौ कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । आज चाँदी ४ हजार ८० रुपैयाँ पुगेको छ । दुई दिनयता चाँदीले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्