राप्रपा नेता ज्ञानबहादुर शाहीको चित्र ट्याटु बनाएर छातीमा खोपिएको एक युवाको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि शाहीले भावुक प्रतिक्रिया दिएका छन्।
फेसबुकमार्फत धन्यवाद व्यक्त गर्दै उनले जनताको भरोसा कहिल्यै नटुट्ने प्रतिवद्धता दोहोर्याए। उक्त ट्याटुको फोटोले सामाजिक सञ्जालमा व्यापक चर्चा सिर्जना गरेको छ भने कतिपयले यसलाई राजनीतिक आस्था र समर्थनको बलियो प्रतीकका रूपमा टिप्पणी गरेका छन्।
उनले आफ्नो सामजिक सञ्जाल फेसबुकमा लेखेका छन
तपाईँ को हुनुहुन्छ, थाहा छैन तर,
तपाईँले राख्नुभएको भरोसा
कहिल्यै टुट्न दिनेछैनौँ।
अन्धकार गहिरिए पनि,
आँधी–हुरी चले पनि,
विश्वासको दीप निभ्न दिनेछैनौँ।







प्रतिक्रिया लेख्नुहोस्