सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कार चालक सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाका दिलकुमार लामासहित तीन जना सवार रहेको खुलेको हो । फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो ।
कारमा रहेका अर्का स्काइभेटरका ड्राइभर र अर्का एक जना हेल्पर रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्