२०८३ साउन १९, मङ्लबार

परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ, के होला कारण?

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहसचिव भट्टराईलाई सोमबार दिउँसो कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरेको छ ।

उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ । ०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँग उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो । भट्टराईलाई अदालतमा बुझाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्