नेकपाका प्रमुख सचेतक युवराज दुलालले देशभर ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै बालिका सुरक्षाका लागि राष्ट्रिय अभियान आवश्यक रहेको बताए।
दुलालले प्रधानमन्त्री बालेन शाहले भीभीआईपी प्रोटोकल पालना गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए। उनले महँगी नियन्त्रणमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए।
यस्तै, पानी निर्यातका लागि अनुमति मागिरहेका कम्पनीलाई आवश्यक प्रक्रिया पूरा गरी अनुमति दिन सरकारसँग आग्रह गरे।







प्रतिक्रिया लेख्नुहोस्