२०८३ भदौ ११, बिहिबार

तत्काल उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोतको अभाव हुँदैनः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने बताएका छन्।

बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि उनले तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य दुवै स्रोतबाट बजेटको सुनिश्चितता भइसकेको जानकारी दिए।

उनका अनुसार विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भएको छ। चीन, भारत, जापान, एसियाली विकास बैंक र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले बताए।

चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ उपलब्ध रहेको अर्थमन्त्री वाग्लेले बताए।

प्रतिक्रिया लेख्नुहोस्