२०८३ भदौ १२, शुक्रबार

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्नेछ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले विभिन्न समसामयिक विषयमा निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्