२०८३ अशोज १, बिहिबार

रसुवा बाढीलाई परराष्ट्रमन्त्रीले भने– हिमालयन सुनामी

परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिलेको यो जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । यो जुन डिजास्टर अनुभव गरियो त्यसले हामीले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

जलवायु परिवर्तनका कारण यो क्षति नेपालले बेहोर्नुपरेको निष्कर्षमा सरकार छ । यसबारे थप अध्ययन पनि भइराखेको मन्त्री खनालले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्