नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा पावर बैंक साथमा लैजान नपाउने भएका छन् ।
नेपाल एयरलाइन्सले सूचना जारी गर्दै भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को सर्कुलरअनुसार पावर बैंक बोक्न प्रतिबन्ध लगाइएको जनाएको हो ।
नयाँ व्यवस्थाअनुसार भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानमा पावर बैंक क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा लैजान पाइने छैन ।







प्रतिक्रिया लेख्नुहोस्