२०८३ अशोज २८, बुधबार

डिजिटल बैंकिङमा मुक्तिनाथ विकास बैंकको उत्कृष्ट प्रदर्शन, पाए तीन अवार्ड

मुक्तिनाथ विकास बैंक लिमिटेडले Fonepay द्वारा आयोजित Fonepay Honors कार्यक्रममा विकास बैंक समूह अन्तर्गत तीन वटा अवार्डहरु प्राप्त गरेको छ । उक्त कार्यक्रममा बैंकले निम्न विधामा अवार्ड प्राप्त गरेको होः

  • Highest Fonepay Direct Volume (Issuer)-  बैंकको मोवाईल एपबाट सबै भन्दा धेरै संख्यामा रकमान्तर गरेको
  • Highest Fonepay QR Volume (Issuer) – बैंकको मोवाईल एपबाट सबै भन्दा धेरै QR मा भुक्तानी गरेको
  • Highest Fonepay QR Volume (Acquirer)- QR मर्चेन्ट मार्फट सबै भन्दा धेरै कारोवार प्राप्त गरेको

डिजिटल भुक्तानी सेवाको प्रवद्र्धन तथा विस्तारमा बैंकले पुर्‍याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछन् ।

यस उपलब्धिले बैंकलाई आगामी दिनमा अझ सहज, सुरक्षित तथा प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ । यस गौरवपूर्ण उपलब्धिमा साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण ग्राहकवर्ग, साझेदार संस्था तथा कर्मचारीहरूप्रति बैंक हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्