प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा परेको छ । सरकारले आईजीपीबाट जिम्मेवारीमुक्त गरेपछि कार्कीले गत कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको छ । सरकारको कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।
त्यसपछि एआईजी रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरिएको छ ।
सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग कार्कीले गरेका छन् ।








प्रतिक्रिया लेख्नुहोस्