नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५ सय बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।






प्रतिक्रिया लेख्नुहोस्