२०८३ बैशाख १६, बुधबार

नेप्से परिसूचक २९ सय ३९ अंकमा

साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ सय ३९ अंकमा पुगेको छ । २८ सय ७३ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक बढेर २९ सय अंक माथि पुगेको हो ।

यसक्रममा यो समाचार तयार पार्दासम्म परिसूचक ८१.३० अंकले बढेको छ । यस्तै, पाँच अर्ब ८ करोड रुपैयाँ बराबरको ९६ लाख ५४ हजार कित्ता सेयर किनबेच भएको छ ।

अहिलेसम्म मध्य भोटेकोसी जलविद्युत कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य समान ९/९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया लेख्नुहोस्