नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्