२०८३ बैशाख १७, बिहिबार

बढ्यो सुुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ५०० रुपैयाँ रहेको थियो।

यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १८ सय ४० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ ३० रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्