साताको अन्तिम कारोबार दिन शेयर बजारको नेप्से परिसूचक १८.१४ अंक घटेको छ। विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो।
आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ। बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो।
५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो ।






प्रतिक्रिया लेख्नुहोस्