नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ।
निरन्तर बढी रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो। यस्तै आज बिहिबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।






प्रतिक्रिया लेख्नुहोस्