२०८३ असार १०, बुधबार

घट्यो सुनको भाउ, कति पुग्यो?

नेपाली बजारमा मंगलबार सुनको घटेको छ।

सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै आज मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्