२०८३ बैशाख १०, बिहिबार

घट्यो सुनको मूल्य, प्रतितो कति पुग्यो?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर एक लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्