२०८३ बैशाख १६, बुधबार

सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।

बैंकले केही संख्यामा शाखा प्रबन्धक र रिलेसनशिप म्यानेजर, लिगल अफिसर र गोल्ड टेस्टर पदमा कर्मचारी माग गरेको हो। शाखा प्रबन्धक पदमा आवेदन दिन इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्नेछ।

साथै, बैंक वा वित्तीय संस्थाहरूमा क्रेडिट र मार्केटिङका क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव भएकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ। रिलेसनशिप म्यानेजरको बैंक वा वित्तीय संस्थामा क्रेडिट र मार्केटिङ क्षेत्रमा तीन वर्षभन्दा बढीको कार्यानुभव भएको हुनु पर्नेछ।

बिएफआईमा आरएम–क्रेडिट वा जोखिम अधिकृतको रूपमा सेवा काम गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।  साथै, उसले व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्नेछ।

यस्तै, लिगल अफिसरले मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन विषयमा कम्तीमा ४५ प्रतिशत अंक ल्याएर स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।  विभागमा कर्मचारी वा शाखा प्रबन्धकको रूपमा कम्तीमा २ वर्षको कार्य अनुभव हुनुपर्नेछ।

गोल्ड टेस्टर पदमा आवेदन दिनेले +२ वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। यस्तै, कुनै पनि बैंक वा वित्तीय संस्थाहरूमा सुनको परीक्षकको रूपमा काम गरेको वा सुन पसलमा कम्तीमा २ वर्ष वा ३ वर्ष काम गरेको अनुभव भएको हुनु पर्नेछ।

शाखा प्रबन्धक र लिगल अफिसरको हकमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र रिलेसनशिप म्यानेजर र गोल्ड टेस्टरको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा ५ वर्ष थप हुनेछ। इच्छुकले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया लेख्नुहोस्