२०८३ भदौ ६, शनिबार

एक महिनामै नेपालीले किने एक लाख ६९ हजार थान स्मार्टफोन

नेपालीले साउन महिनामा मात्रै एक लाख ६९ हजार थान स्मार्टफोन खरिद गरेका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको आयात–निर्यात तथ्यांकमा कुल तीन अर्ब ८७ करोडबराबरको एक लाख ६९ हजार थान स्मार्टफोन फोन आयात भएको हो ।

आयातबाट सरकारले पहिलो महिनामा कुल ७२ करोड ३५ लाख राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालीहरूले कुल तीन अर्ब ४१ करोड मूल्यबराबरको एक लाख ९८ हजार थान स्मार्टफोन खरिद गरेका थिए । जसबाट सो महिना सरकारले कुल ६३ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । तथ्यांकले गत आवको साउनमा भएको आयात र चालु आवको पहिलो महिनामा पनि आायतको प्रवृत्ति उस्तै देखाएको छ ।

यस्तै, चालु आवका साउनमा स्मार्टफोन भने चार करोड ९८ लाख मूल्यबराबरको १० हजार ४५ थान आयात भएको छ । गत आवको सोही अवधिमा भने एक करोड ९० लाख रुपैयाँबराबरको चार हजार ४३९ थान आयात भएको थियो । तुलनात्मक रूपमा यो वर्षको साउन महिनामा स्मार्टफोन आयात बढेको हो ।

प्रतिक्रिया लेख्नुहोस्