२०८३ बैशाख १८, शुक्रबार

अब विद्यार्थीलाई विद्यालयबाटै कोभिडविरुद्धको खोप

सरकारले विद्यालयलाई लक्षित गरेर विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्रीले जानकारी दिएका छन् ।

आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्रीले जनवरीदेखि विद्यालयबाटै १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप दिने तयारी गरेको बताएका छन् । त्यसका लागि ४० लाख डोज दूर्गम तथा जनघनत्व बढी भएका जिल्लामा फाइजर र सहजै व्यवस्थापन गर्न सकिने जिल्लाहरूमा मोर्डना खोप दिइने परिवार कल्याण महाशाखा प्रमुखले बताएका छन् ।

सरकारले यो उमेरका बालबालिकालाई दिन ६० लाख डोज फाइजर र ४० लाख डोज मोर्डना खोप ल्याउने निश्चित भइसकेको छ । जनवरीदेखि खोप केन्द्रलाई बढाएर १८ हजार पुर्‍याउनेगरी तयारी गरिरहेको पनि मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्