गायिका अञ्जु पन्त र गायक शिव परियारको स्वर रहेको मर्मस्पर्शी गीत ‘आँसु पिउँदै’ सार्वजनिक भएको छ ।
गीतमा भीष्मराज फुलाराको शब्द, बाबुल गिरीको संगीत छ ।गीतको भिडियो पनि आकर्षक बनेको छ । जसमा पृथ्वी प्रसाईं र अभिनेत्री अनु शाहले जोडीको रुपमा अभिनय गरेका छन् ।
सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछानेको निर्देशन रहेको भिडियो फुलारा इन्टरटेनमेन्टले निर्माण गरेको हो । भिडियोमा सुमन कार्कीको छायाङ्कन र रुपा मानन्धरको सम्पादन छ ।







प्रतिक्रिया लेख्नुहोस्