‘नक्कली’ बोलको गीतको भिडियोमा गायक अमन प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को रोमान्स रहेको छ ।
अबुन पाण्डेको शब्द रहेको गीतमा पछिल्लो समय अस्ट्रेलिया निवासी संगीतकार टिका दाहालले संगीत भरेका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन छ । बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
कान्तिपुर होलिडेज अस्ट्रेलियाको समेत सहकार्य रहेको भिडियो गायक अमनले मार्फत युट्युबबाट सार्वजनिक गरेका हुन् ।







प्रतिक्रिया लेख्नुहोस्