नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक भएको छ । गायक आशिष सचिन गौतमको स्वर रहेको उक्त गीतमा सन्तोष सुनुवारको शब्द तथा संगीत छ । शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो ।
पारिवारिक प्रेम कथामा आधारित रहेको भिडियोमा आशिषसँग आसामकी सुन्दरी मोडल जुनु नाथको रोमान्स छ । भिडियोमा आशिष र जुनलाई भर्खरै विबाह गरेको एक प्रेमिल जोडीका रुपमा देखाइएको छ । उनीहरुबिचको असमझदारी भित्रको गहिरो प्रेमलाई कलात्मक शैलीमा भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका छन् ।
फरक शैलीको भिडियो भएका कारण दर्शक श्रोताले नयाँ स्वाद लिने कुरामा आशिष विश्वस्त छन् । मानस कास्यपको सम्पादन रहेको भिडियोको छायांकन बितुल दासले गरेका हुन् । जसको निर्माण एट के एभरेस्ट मोसन पिक्चर्सलेगरेको हो ।







प्रतिक्रिया लेख्नुहोस्