२०८३ बैशाख २, बुधबार

अस्मिताको गीत ‘खोजे मैले मायालाई’ को सार्वजनिक

गायिका अस्मिता जुरेलीको स्वरमा रहेको गीत ‘खोजे मैले मायालाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो टंक बुढाथोकी युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

भिडियोमा गायिका अस्मिताले अभिनय गरेकी छन् । गीतको अडियो तथा भिडियो निकै बलियो भएकाले दर्शकको मन जित्ने विश्वास अस्मिता जुरेलीलाई छ । कोय दिलिपको शब्द तथा संगीत रहेको गीतका प्रोडक्सन डिजाइनर रामजी रावत हुन् ।

भिडियोमा रविन थापा मगरको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

प्रतिक्रिया लेख्नुहोस्