२०८३ बैशाख ३, बिहिबार

गीत ‘बुहारी चाहियो घर’ सार्वजनिक

गायक भुपेन्द्र सिंह र गायिका रेखा जोशीको स्वर रहेको गीत ‘बुहारी चाहियो घर’ सार्वजनिक भएको छ । गायक सिंहकै शब्द तथा जीवन बडूको संगीत रहेको गीतमा संगीत संयोजन भुवन बडुले गरेका छन् ।

गीतको भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, बालकलाकार आयुसी ढकाल, जेबिनरजेनिस श्रेष्ठ, आदित्य भण्डारीको अभिनय देख्न सकिन्छ । इन्जोय मिडियाको प्रस्तुति रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन बसेलले गरेका हुन् ।

घरमा बुहारी चाहियो भनेर बा आमाले भनेपछि छोरो बुहारीको खोजीमा केटी खोज्दै हिँडेको कथा भिडियोले देखाउन खोजेको छ । भिडियोमा छायाङ्कन निरज कँडेल, सम्पादन निराजन केसीको छ ।

प्रतिक्रिया लेख्नुहोस्