२०८३ बैशाख ३, बिहिबार

‘तिम्रै हुन पाउँ’ बोलको गीत सार्वजनिक

देवी घर्तीमगर र ध्रुव विस्कोको स्वर रहेको ‘तिम्रै हुन पाउँ’ गीत सार्वजनिक भएको छ ।

वियोगान्त गीतको भिडियोमा पुष्प खड्का र मनिषा थापाको अभिनय छ । गीतको भिडियोमा गायक बिस्कोले नै निर्देशन गरेका हुन् । भिडियोमा पुष्प र मनीषासँगै कलाकारहरु दिनेश डिसी, रश्मी भट्ट, जेरी भण्डारी र बर्षा भण्डारीको अभिनय छ । पत्नी वियोगमा परेका पतिको अवस्थालाई भिडियोमा चित्रण गरिएको छ ।

ज्ञानेन्द्र हुँमागाईंको छायाँकन रहेको भिडियोमा डिन्सन शाहको सम्पादन छ ।

प्रतिक्रिया लेख्नुहोस्