२०८३ बैशाख २, बुधबार

‘फोटो फिरिम्मा’ बोलको गीत सार्वजनिक

बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रहेको ‘फोटो फिरिम्मा’ बोलको गीत सार्वजनिक भएको छ । शिशिर भण्डारीको गीत संगीत रहेको उक्त गीत बाल गायक मल्लले स्वर भरेका हुन् ।

उक्त गीतको भिडियो पनि बनेको छ । गीतको भिडियोमा असिम भण्डारी, शिशिर भण्डारी, अश्मा गिरी, रिनेक्स बस्नेत, दिपेन्द्र सोनम र श्रद्धा गौतमको अभिनय देख्न सकिन्छ ।

यस गीतको भिडियोका निर्देशक शिशिर भण्डारी हुन् भने सहायक निर्देशक सन्तोष राजबाहक हुन् ।

प्रतिक्रिया लेख्नुहोस्