२०८१ माघ ५, शनिबार

बाल गायिका सर्गम राई र इप्सिचुङ चाम्लिङको ‘एउटा कुरा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। ‘द भ्वाइस किड्स’ रियालिटि शो मार्फत चर्चामा आएकी बाल गायिका सर्गम राई र इप्सिचुङ चाम्लिङको आवाजमा ‘एउटा कुरा’ बोलको गीत सार्वजनिक भएको छ।

सुमन राईको शब्द तथा संगीतमा तथा एरेन्ज रहेको गीत बिहीबार सार्वजनिक भएको हो। गीतको भिडियोमा इप्सिचुङ चाम्लिङ र सर्गम राईलाई प्रस्तुत गरिएको छ।

पप आधुकिन लयमा सजिएको गीतको भिडियो मोहन कुमार झिल्लुले खिचेका छन् भने निर्देशन अनिल मिस्टर गलासले गरेका हुन् भने सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।

द भ्वाइस किड्स’बाट गायन क्षेत्रमा निकै लोकप्रिय बनेकी सर्गम राई यसअघि समृद्धि परियारसँग गाएको युगल गीत ‘फरिया चोली’  गीत निकै स्रोता दर्शकले रुचाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्