२०८३ बैशाख २, बुधबार

अनाथ बालबालिकासँग जन्मदिन मनाए संगीतकार राजेन्द्रले

अहिलेका पुस्ताका लोकप्रिय संगीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाएका छन् । काठमाडौंको मुलपानी फुयाँलगाउँमा हाँस्य कलाकार सुलेमान शँँकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दै आएको स्नेह बाल आश्रममा पुगेर संगीतकार बजगाईले आफ्नो जन्म दिन मनाएका हुन।

उनले त्यस संस्थामा रहेका १६ जना बालबालिकाहरुलाई आवश्यम पर्ने शैक्षिक , स्वास्थ्य, खाद्य सामग्री प्रदान गरेका छन । उनले त्यस संस्थामा जन्मदिनको केक काटेर अनाथ बालबालिकाहरुलाई खाना खुवाएका हुन । त्यसै क्रममा संगीतकार बजगाईंले आफूले बिगतमा जन्मदिन मनाएपनि अनाथ बालबालिकाहरुलाई खाना खुवाउदाँ एकदम फरक अनुभव भएको र आगामी जन्मदिनमा त्यसै आश्रमका बालबालिकालाई सहयोग गर्ने बताएका हुन ।

स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरुका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेका हुन । उनले कलाकार सँगीतकर्मी तथा शुभचिन्तकहरुको सहयोगले गर्दा नै संस्थाका बालबालिकाहरुलाई पाल्न सहज भएको बताएका हुन ।

 

 

प्रतिक्रिया लेख्नुहोस्