२०८३ बैशाख ७, सोमवार

गीत ‘घुमी घमी’ सार्वजनिक

अभिनेता विपीन कार्की अभिनीत नयाँ गीत ‘घुमी घमी’ सार्वजनिक भएको छ । सुजन चापागाईंको स्वर रहेको गीतमा हर्क साउदको शब्द रचना छ ।

सुजन चापागाईंलाई फिमेल भोकलमा शान्तीश्री परियारले साथ दिएकी छिन् । संगीत गायक सुजन स्वयंमले भरेका छन् । गीत पूर्वेली लोकभाकामा आधारित छ । मायाप्रेम बोल्ने गीतको भिडियोले प्रेमसँगै खाली हुँदै गएको पहाडी बस्ती र त्यहाँको सम्भावनालाई देखाउन खोजेको छ ।

गीतको भिडियोमा विपीन कार्की र बराइलीसँगै हर्क साउद तथा सम्राट थापालाई पनि देख्न सकिन्छ । भिडियो निर्देशन नवीन चौहानले गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्