आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा लोक पौडेल र अन्जु पन्तको स्वरमा रहेको आमा बोलको गीत सार्वजनिक गरिएको छ ।
मीरा मोसन पिक्चर्सको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा लोक पौडेलकै शब्द एवं संगीत छ ।भिडियोलाई दयाराम घिमिरेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक घिमिरेकै छ । आमा छोराको वियोगान्त कथा भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोमा सरिता राजोपाध्याय, दिपेश गजुरेल, बालमुकुन्द आचार्य, बलराम बस्नेतलगायतका कलाकारको अभिनय छ ।भिडियोलाई दशरथ गिरिले सम्पादन गरेका हुन् भने खेम थापा मगरले छायांकन गरेका हुन् ।







प्रतिक्रिया लेख्नुहोस्