२०८३ बैशाख २, बुधबार

काँग्रेसको चुनावी गीत ‘जय नेपालको नाराले ’ सार्वजनिक

स्थानीय चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीका गीतसंगीत सार्वजनिक हुने क्रम बढेका छन् । यस्तैमा नेपाली काँग्रेसको चुनावी गीत ‘जय नेपालको नाराले ’ सार्वजनिक भएको छ । बद्री सापकोटाको संगीत तथा स्वर रहेको गीतमा बद्रीलाई विमल राज क्षेत्री, राधिका हमाल, अञ्जु पोखरेल लगायतले स्वरमा साथ दिएका छन् ।

गीतमा शम्भु सापकोटा र जानुका पन्तको शब्द छ ।बद्रीले लोक शैलीमा निकै मिठासपूर्ण तरिकाले गीत तयार गरेका छन् । काँग्रेसले गरेका कामहरुको वर्णन समेत गरिएको गीतले जनतालाई सुख दिने पार्टी नै काँग्रेस भएको बताएको छ । गीतको भिडियो पनि निर्माण भएको छ ।

जसमा काँग्रेसको विभिन्न गतिविधिका भिडियो कलेक्सन गरेर राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्