नायिका पूजा शर्मा र अभिनेता आर्यन सिग्देल अभिनित मायालु आभाष बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समय म्युजिक भिडियोमा आर्यनको व्यस्तता बढ्दो छ । एकपछि अर्को भिडियोमा देखिने क्रममा आर्यन पूजासँग देखिएका हुन् । सार्वजनिक गीतमा रबि मल्लको शब्द तथा संगीत रहेको छ भने प्रताप दास र अनु ढकालको स्वर रहेको छ ।
भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।







प्रतिक्रिया लेख्नुहोस्