पछिल्लो २४ घण्टामा देशभर १ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा ९ सय ११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५ सय ५५ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ६५ हजार ७ सय ५८ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा ११ हजार ७ सय ६५ जनामा कोरोना परीक्षण भएको थियो । हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।
हाल देशभर १८ हजार १ सय ६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ । हाल देशभर आईसीयूमा ३ सय ५३ र भेन्टिलेटरमा १ सय १७ जना उपचाररत छन् यस्तै १ हजार ३ सय ६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्