२०८३ बैशाख १२, शनिबार

काठमाडौं उपत्यकामा थपिए १ सय ३० जनामा कोरोना संंक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १ सय ३० कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८, ललितपुरमा ३६ र भक्तपुरमा १६ संक्रमित छन्।यस्तै काठमाडौं उपत्यकामा १७२० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६ सय ८६, ललितपुर ५ सय ५२ र भक्तपुरमा ४ सय ८२ सक्रिय संक्रमित छन्।

नेपालमा थप ३ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।७ हजार १ सय ४ जनाको पिसिआर परीक्षण र १८०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो

नेपालमा हाल ७ हजार ३ सय ४९ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ। २ सय ८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

 

प्रतिक्रिया लेख्नुहोस्