२०८३ बैशाख १२, शनिबार

कोरोनाको नयाँ भेरियन्टबाट आत्तिहाल्नु पर्ने अवस्था छैन: डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्टबाट आत्तिहाल्नु पर्ने अवस्था नभएको जानकारी दिएको छ ।

उसले ओमिक्रोनबाट आत्तिनु पर्दैन तर त्यसबाट बच्न पूर्वतयारी भने आवश्यक रहेको बीबीसीमा समाचार छ । डब्लूएचओका वैज्ञानीक सौम्या स्वामीनाथनले नयाँ भेरियन्ट ओमिक्रोनबारे अनुसन्धान जारी रहेकाले अहिले आत्तिहाल्नु पर्ने अवस्था आइनसकेको बताएकी छन् ।

नयाँ भेरियन्ट माथि खोपको प्रभावकारीताका बारेमा समेत अनुसन्धान भइरहेको उनले बताइन् । दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन लगभग ४० देशहरूमा फैलिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्