२०८३ बैशाख १२, शनिबार

नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २ सय ३८ जनाको नतिजा पोजिटिभ आएको हो ।

पाँच हजार २ सय ९५ नमुनाको पीसीआर परीक्षण गर्दा २ सय २० र एक हजार ५ सय २ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर पाँचजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ९२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख चार हजार १ सय ८ पुगेको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्