२०८३ बैशाख १८, शुक्रबार

खोपले ओमिक्रोन भेरिअन्टविरुद्ध काम गर्छ : डब्ल्यूएचओ

कोभिडविरुद्धका खोपहरूले नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।

दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो भनेको हो। तर ओमिक्रोन भेरिअन्टमा खोपको असर अन्य भेरिअन्टको तुलनामा कम हुने कुनै सङ्केत नदेखिएको डब्ल्यूएचओका डा। माइक रायनले बताएका छन्।

”हामीसँग अत्यधिक प्रभावकारी खोपहरू छन् जुन गम्भीर रोग र अस्पताल पुर्‍याउने सन्दर्भमा हालसम्मका सबै भेरिअन्टविरुद्ध प्रभावकारी देखिएका छन् र ९ओमिक्रोन विरुद्ध० त्यस्तो नहुने आशा गर्नुपर्ने कुनै कारण छैन,” डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक रायनले समाचार संस्था एएफपीलाई भने।

कोरोनाभाइरसका नयाँ-नयाँ भेरिअन्टस् के खोप अझै प्रभावकारी छन् कोभिड खोप लगाउँदा के कारणले रगत जम्ने समस्या उत्पन्न हुन्छ भन्ने पत्ता लाग्यो प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरिअन्ट वा अन्य ‘स्ट्रेन’भन्दा बढी बिरामी नपार्ने देखिएको उनले जानकारी दिए।

‘यदि अरू केही भन्न सकिन्छ भने खोपले कम गम्भीर बनाउने चाहिँ पक्का हो,’ उनले भने। अरू विज्ञहरूले समीक्षा नगरेको दक्षिण अफ्रिकामा गरिएको अध्ययनका अनुसार फाइजर खोप कोभिडको सुरुवाती स्ट्रेनसँग तुलना गर्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी हुन सक्छ। ओमिक्रोन भेरिअन्टविरुद्ध फाइजर खोपको प्रभावकारिताबारे थप तथ्याङ्क आगामी दिनहरूमा प्राप्त हुने अपेक्षा गरिएको छ।

नयाँ भेरिअन्ट विरुद्ध मोडेर्ना, जोन्सन एन्ड जोन्सन र अन्य खोपहरूले कस्तो काम गर्न सक्छन् भन्ने विषय बारे उल्लेख्य डेटा प्राप्त भइसकेको छैन। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो। सुरुमा यो भेरिअन्ट दक्षिण अफ्रिकामा पुष्टि भएको थियो जहाँ हाल धेरै पटक कोभिडबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दो क्रममा छ।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनका एक जना प्रवक्ता का अनुसार प्रारम्भिक सङ्केत अनुसार ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा धेरै सङ्क्रामक छ। बीबीसी

प्रतिक्रिया लेख्नुहोस्