सरकारले पुस ४ गतेदेखि ५८ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले यसअघि बालबालिकालाई खोप नचलाएका जिल्ला छनोट गरी मोडर्ना खोप चलाउने तयारी गरेको हो।
मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइने छ। खोप ५८ वटा जिल्लाका स्कुल–स्कुलमा दिइने महाशाखाले जानकारी दिएको छ । माइनस १५ देखि माइनस २५ डिग्री तापक्रममा भण्डारण गरिने यो खोप एक महिनासम्म २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने विज्ञहरुले बताएका छन्। मोडर्ना खोप यसअघि फाइजर खोप सञ्चालन गरेका १९ जिल्लाबाहेक सबैमा सञ्चालन गरिने महाशाखाले बताएको छ।
यसअघि फाइजर खोप काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेल्धुरामा लगाइएको थियो। यीबाहेक सबै जिल्लामा पुस ४ गतेदेखि मोडर्ना खोप सञ्चालन गरिने छ।







प्रतिक्रिया लेख्नुहोस्