२०८३ बैशाख १८, शुक्रबार

पछिल्लो २४ घण्टामा देशभर ३ सय ४१ जना कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १० हजार ४ सय १६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १३ र २ हजार ८ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ।

यो अवधिमा ३ सय ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २४ जना रहेका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्