पछिल्लो २४ घण्टामा ३ सय ९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि आइतबार २ सय १६ जनामा र सोमबार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । पछिल्लो २४ घण्टामा नौ हजार ३ सय ३९ वटा नमुना परीक्षण गर्दा ३ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार सात हजार ७ सय ९४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ सय ५५जनामा र एक हजार ५ सय ३५ जनामा एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेको छ । पछिल्लो २४ घण्टामा २ सय ६३ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्