देशभर थप २ हजार ४ सय ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ८१ तथा एन्टिजेन विधिबाट ४ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५ सय २२ पुगेको छ ।यही अवधिमा थप ३ सय १३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६ सय ७ जनाले ज्यान गुमाइसकेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्