पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९ सय ९ जनामा परीक्षण भएको थियो ।
सोही अवधिमा ३ हजार ४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८ सय ८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७ सय ५४ जना पुगेको छ ।
संक्रमितमध्ये ८ लाख २७ हजार २ सय ७९ जना निको भएका छन् भने ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्