नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ८६ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ४ जना निको भएका छन् । र, सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थपिएका सँगै देशभर ४५ हजार २ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्