२०८३ बैशाख १८, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २२० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४ हजार ३७६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्