२०८३ असार ५, शुक्रबार

पछिल्लो २४ घण्टामा थप १७ सय ८७ जनामा डेंगु संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ ।

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्