२०८० चैत्र १६, शुक्रबार

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ६३ पीसीआर तथा ९ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्