२०८२ बैशाख ११, बिहिबार

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

उपन्यासकार लीलबहादुर क्षेत्रीको निधन भएको छ।

भारत आसाम गुहावटी निवासी क्षेत्रीको ९२ वर्षको उमेरमा भारतीय समय अनुसार गएराति १० बजेर १० मिनट जाँदा आफ्नै निवासमा निधन भएको हो। नेपाल सरकारबाट जगदम्बाश्री पुरस्कार र भारतीय सरकारबाट पद्मश्री पुरस्कार प्राप्त गरेका क्षेत्रीले बसाइँ, ब्रम्हपुत्रको छेउछाउ, अतृप्तजस्ता उपन्यास लेखेका छन्।

उनले आसाममा नेपाली भाषाको साह्रो-गाह्रोजस्ता चर्चित निबन्धसमेत लेखेका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्